Pages

Thursday, 6 September 2012

दौरा सुरुवाल तथा कुर्ता सुरुवाल बिद्यालयको पोशाक

सोलुखुम्बु २१ भदौ –जनता प्राबि, सिमखर्क, नेले ५ मा आजबाट दौरा सुरुवाल तथा कुर्ता सुरुवाललाई बिद्यालय पोशाक निर्धारण गरिएको छ । यसअघि अन्य बिद्यालयमा झैं सर्ट, फाईन्ट तथा फ्रकको ब्यवस्था भएपनि आगामी दिनमा नेपालीपन झल्कने गरी दौरासुरुवाल तथा कुर्तासुरुवालको ब्यवस्था गरिएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अश्विनबाबु थापाकाअनुसार बिद्यालयमा पनि नेपालीपन झल्काउने उद्धेश्यले आजमात्रै बिद्यालयका ३२ जना छात्रछात्राहरुलाई दौरासुरुवाल र स्टिकोट तथा कुर्तासुरुवाद प्रदान गरिएको छ । सो दौरासुरुवाल बिद्यालयमा बालबिकास कोटामा छुट्टिएको २० हजार रुपैंयाले खरिद गरी प्रदान गरिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कक्षा ३ सम्म पढाई हुँदै आएको सो बिद्यालयका छात्रछात्राहरुलाई सानै उमेरदेखि आफ्नो देशप्रतिको माया र जिम्मेवारी बोध गराउन यस्तो ब्यवस्था गरिएको बिद्यालयको भनाई छ ।

No comments:

Post a Comment