पूर्वका विभिन्न ठाउँमा भएका आगलागीबाट करोडौं रूपैंया बराबरको क्षति भएको छ । पूर्वी पहाडी जिल्लाहरू धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगाका साथै सिराहामा भएको आगलागीमा परी दर्जनौंको संख्यामा चौपाया जलेर मरेका छन् भने सयौं हेक्टर वनसमेत नष्ट भएको छ ।
धनकुटा बजार नजिक रहेको चुलीवन, रानीवन र मान्दीनेपाखा सामुदायिक वनमा अहिले भिषण आगलागी भईरहेको छ ।
धनकुटा नगरपालिका ९ स्थित मान्दिनेपाखा सामुदायिक वनवाट हिजो दिउँसोदेखि सुरु भएको आगो बिस्तार भई नगरपालिका ७, ८ र ९ नं वडामा रहेका तीन समादायीक वनहरुमा फैलिएको हो ।
हालसम्म आगलागीबाट करिव २० हेक्टर भन्दा बढि क्षेत्रफलको वनक्षेत्र जलेर नष्ट भईसकेको बताइएको छ ।
आगलागीबाट आज दिउँसो धनकुठा नगरपालिका ८ का चौपटे राईको सहित अन्य तीन घर समेत जलेर नष्ट भएका छन् । त्यस्तै अन्य बस्ती र बजार क्षेत्रमा समेत आगो फैलने सम्भावना बढेपछि सशस्त्र, जनपथ प्रहरीका साथै नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

No comments:
Post a Comment