Pages

Thursday, 8 March 2012

एसएलसी दिने पूर्वाञ्चलमा सवा लाख

चैत्र ७ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा पूर्वाञ्चलबाट १ लाख २३ हजार १ सय ६४ बिद्यार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ९९ हजार १ सय आठ र एक्जाम्टेट तर्फ २४ हजार ५६ जना बिद्यार्थी सहभागी हुने क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । परीक्षामा पूर्वाञ्चलका सोह्र जिल्लाका १ हजार ७ सय ६९वटा विद्यालयका विद्यार्थी सहभागि हुने निर्देशनालयका निर्देशक सुन्दरकुमार शाक्यले जानकारी दिनुभयो । सवैभन्दा बढि बिद्यार्थी मोरङ्गमा १९ हजार ३२६ जना र सबैभन्दा कम बिद्यार्थी सोलुखुम्वु जिल्लामा २ हजार १४९ जना छन् । गतबर्ष ९४ हजार ५७३ जना नियमित बिद्यार्थी रहेकोमा यो बर्ष ९९ हजार १०८ जना पुगेका छन् । 

No comments:

Post a Comment