Pages

Sunday, 25 March 2012

धनकुटाको सिधुवाबजारबाट लुटेरा समूहका नाइके पक्राउ

धनकुटा, चैत ११- आठ महिना अगाडि कोशी राजमार्गको धनकुटाको मुर्तिढुंगा २ भालुखोप भन्ने ठाउँमा यात्रुबस लुटेर फरार भएका लुटेरा समुहको नाइके खगेन्द्र लुम्बालाई प्रहरीले पक्राउ गरेको छ।
बस लुटे पछि लुकीछिपी हिँडिरहेका लुम्बालाई बिहीबार धनकुटाको सिधुवाबजारबाट पक्राउ गरेको धनकुटाका प्रहरी नायब उपरीक्षक शरदकुमार तामाङले बताए। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लुटेरा समुहका नाईके लुम्बालाई शुक्रबार सार्वजानिक गरेको छ। लुम्बा धनकुटाको अर्खौले जितपुर-६ निवासी हुन्।
लुम्बा लगायतको ३ जनाको समुहले गएको भदौं १५ गते धरानबाट तेह्रथुमको बसन्तपुर जाँदै गरेको बा २ प ७३६६ नम्बरको डाँफे मुनाल बसमा पेस्तोल देखाएर लुटपाट गरेका थिए। उनीहरुले नकाप लगाएर गाडीका कण्डक्टर र ३ जना यात्रुबाट १९ हजार नगद र २ तोला १२ आना सुन लुटेका थिए। लुटेरा समुहका नाइके लुम्बालाई पक्राउ पछि आवश्यक सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक तामाङले बताए। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासत राखिएको छ। उनका अन्य सहयोगिको खोजी भईरहेको प्रहरीले बताए।

No comments:

Post a Comment