नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राहम रोबर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेकोले सजाय भोग्नुपरेको बताएका छन्। घरेलु मैदानमा प्यालेस्टाइनले सून्यका विरुद्ध दुई गोलले पराजित गरेपछि पोस्ट म्याच कन्फरेन्समा रोबर्टसले भने, 'हामीले राम्रा अवसरहरु पाएका थियौँ, तर त्यसको सदुपयोग गर्न नसकेपछि सजाय त भोग्नै पर्छ।' उनले रोहित चन्द जस्ता उत्कृष्ट डिफेन्डरबाट गल्ती हुन पुगेकोमा दुःख व्यक्त गरे।
No comments:
Post a Comment