Pages

Sunday, 11 March 2012

धनकुटामा ५८ हजार विद्यार्थी मारमा

फाल्गुन २८- शिक्षकहरुले गरेको शैक्षिक हड्तालको कारण धनकुटाको ३१५ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालय बन्द भएका छन्। शैक्षिक हड्तालको कारण ती विद्यालय अध्ययन गर्ने ५८ हजार ५८८ जना विद्यार्थीले पढ्न पाएनन्। शिक्षकहरुको आन्दोलनका कारण धनकुटामा सञ्चालन भईरहेको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा स्थगित भएको छ। 
           जिल्ला शिक्षा कार्यालय धनकुटाले सूचना जारी गर्दै शिक्षकहरुले अनिश्चितकालिन शैक्षिक हड्ताल आन्दोलनको घोषणा गरेका कारण कक्षा ८ को जिल्ला स्तरीय परीक्षा अर्को सुचना नहुञ्जेल सम्मको लागि स्थगित गरेको जानकारी दिएको छ। परीक्षा स्थगित भएपछि १ सय १० वटा विद्यालयका करिव ४ हजार ५ सय विद्यार्थीहरु प्रभावित भएका छन्। 

त्यस्तै विद्यालयमा पढाउने शिक्षकहरु पढाउन छाडेर आज आईतबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन आएका छन्। शिक्षकहरुले शैक्षिक हड्ताल गरेर विद्यालय बन्द गराए पनि अधिकंश शिक्षकहरु भने आन्दोलनमा सहभागी भएका छन्। जिल्ला शिक्षा कार्यालयमा दिईएको धर्ना कार्यक्रममा समेत धनकुटा नगरपालिका र बजार नजिकै रहेका विद्यालयका शिक्षकहरु म्ाात्रै सहभागी रहेका छन्। 

शैक्षिक हड्ताल गरेर आन्दोलनमा आए पनि अधिकांश शिक्षकहरु आफ्नो ब्यक्तिगत काममा ब्यस्त रहेको पाईएको छ। शिक्षकहरु जिल्ला शिक्षा कार्यालय धनकुटामा ३ घण्टा धर्ना दिएर काम कार्वाही बन्द गराएको छ। चौथो चरण आन्दोलनको कार्यक्रम अर्न्तगत शिक्षक संघ संगठनहरुले धर्ना दिएको नेपाल शिक्षक युनियन धनकुटाका सचिव गंगाराम ढुंगानाले बताए। आन्दोलनमा आएका शिक्षकहरुले धर्ना गरेकै ठाउँमा हाजिरी समेत गरेका छन्। 

No comments:

Post a Comment